एसपी रिपोर्टर
जनकपुरधाम, पुस १२ :

पोखरा रिर्सच सेन्टरले मधेश प्रदेशमा युथ इन पोलिसी एंड गभर्नेन्स “वाईपीजी” फेलोसिप आयोजना गर्ने भएको छ ।२० देखी ३० वर्षका युवालाई कानून निर्माण, सार्वजनिक नीति र सुशासनमा सहभागी गराउनु यो कार्यक्रमको प्रमुख लक्ष्य रहेको छ । यसका साथै प्रदेशसभाका माननीय सदस्यहरुसंग समन्वय गरी प्रदेश सभालाई सशक्त बनाउने उद्देश्यले युथ इन पोलिसी एंड गभर्नेन्स “वाईपीजी” फेलोसिप, पोखरा रिर्सच सेन्टरको पहलमा सन् २०२० देखि सुरु गरिएको एक वर्ष अवधीसम्म चल्नेछ । पोखरा रिर्सच सेन्टरले अमेरिकी दुतावास काठमाडौँको सहयोगमा र नव मिथिला फाउन्डेसनसंगको सहकार्यमा संचालन गर्न लागिएको हो ।
पोखरा रिसर्च सेन्टरले सन् २०२०÷२१ मा पहिलो पटक गण्डकी प्रदेशमा अमेरिकी दुतावास काठमान्डौको सहयोगमा यो फेलोसिपको आयोजना गरे पश्चात, २०२१÷२२ मा कर्णाली प्रदेशमा दुतावासकै सहयोगमा ऋति फाउन्डेसन संगको सहकार्यमा र सन् २०२२÷२३ मा कोशी प्रदेशमा विकल्प–एन अल्टरनेटीभसंगकोे सहकार्यमा दुतावासकै सहयोगमा संचालन गरियो । चालु वर्ष मधेश प्रदेशमा पोखरा रिसर्च सेन्टरद्वारा युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप कार्यक्रम अमेरिकी दुतावास काठमाडौँको सहयोग र नव मिथिला फाउन्डेसनसंगको सहकार्यमा मधेश प्रदेशमा संचालन गर्न लागिएको हो ।वाईपीजी फेलोसिप २०२३÷२४, मधेश प्रदेशका लागि आवेदन जनवरी १०, २०२३ अर्थात पुस २५, २०८० सम्म खुला रहनेछ ।