एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३० : जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ७ ले फोहर संकलनका लागि वडामा ट्रयाक्टर पुग्ने तालिका, रुट र समय सार्वजानिक गर्दै ट्रयाक्टरमै फोहर हालेर सहयोग गर्न आग्रह गरेको छ । वडा अध्यक्ष निरज साह मुन्नाले जारी गरेको सुचनामा सडकको रुट दिन र समय जारी गर्दै सोका लागि अनुरोध गरिएको छ ।
सप्ताहको प्रत्येक सोमवार विहान ७ बजे, बुधवार दिउँसो १२ र शुक्रवार विहान ७ बजे भोला कवार देखि माछा बाजÞार, नमस्कार चौक, पेठिया बजार वशिष्ठ चौक (भ्रमरपुरा चौक) हुँदै दुधमति पुल सम्म त्यसैगरि बुधबार विहान ७ बजे र शुक्रवार दिउँसो १२ बजे, सोमवार बेलुकी १२ बजे जिरोमाइल देखि तपसी चौक हुँदै वडा कार्यालय, भैरव स्थान, महाराज सागर/दशरथ तलाउ), एसएम क्याम्पस हुँदै परिक्रमणा सड़क, डोला राख्ने ठाउँ हुँदै पुन: दुधमति पुल सम्म ट्रयाक्टर फोहर संकलनका लागि जाने सुचनामा उल्लेख छ ।

साथै बाँकी रहेको सडक रुटहरुमा श्रोत साधन अनुसार पछि केहि दिनमै समय निर्धारण गरिने पनि वडा अध्यक्ष साहले जनाएको छ ।