एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७ : महिलाहरुको महान पर्व तिज नजिकिए संगै जनकपुरधाममा कार्यक्रमहरु बाक्लिदै छ । महिलाहरु सामुहिक रुपमा भेला भएरर दर खाने र तिजका गित संगीतहरुमा नाच्दै गाँउदै रमाइलो गर्ने कार्यक्रमहरुले जनकपुरधाम तरंगित छ ।
सोहि अवसरमा जनकपुरधामको मिनु ब्यूटी पार्लरले आयोजना गरेको महिला तिज उत्सव कार्यक्रममा महिलाहरु तिजको गितमा नाचगान गर्दै शुभकामना आदानप्रदान गरेका छन् ।
पार्लरका नियमित ग्राहकहरुलाई एकै छाना मुनि राखेर तिजमा रमाइलो गर्ने र शुभकामना आदान प्रदान गर्ने अवसरका रुपमा कार्यक्रम गरिएको पार्लरकी सञ्चालिका मिनु रौनियारले बताइन ।