एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १६ : जनकपुरधाम स्थित श्री महाविर युवा कमिटीले स्थानिय तथा व्यापारीहरुलाई राम मन्दिर तथा राजदेवी मन्दिर वरीपरी जथाभावि फोहोर नफाल्न आग्रह गरेको छ । राम मन्दिर तथा राजदेवी मन्दिर सौन्दर्यीकरण सरसफाई तथा व्यवस्थापन सम्बन्धमा कमिटीले सरोकारबलासंग गरेको छलफललमा मन्दिर वरपर फोहोर नफाल्न वा नगर्न आग्रह गरेको हो ।
छलफल बाट कमिटीले ८ बुँदे निर्णय समेत गरेको महाविर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिए । राजदेबी मन्दिरको पश्चिम उतर कुनामा राखिएको फोहोरको कन्टेनर हटाउन माग गरिएको छ भने मन्दिर वरपरका पसलहरुले आ–आफ्नो पसल अगाडि डस्टबिन राखेर त्यसमै फोहर राख्न आग्रह गरेको छ ।
त्यसै गरि पसलेहरुलाई फोहर बाटोमा नराख्न आग्रह गर्ने, सम्पूर्ण व्यपारीले आ–आफ्नो फोहर नगरपालिकाको ट्रेक्टरमा राख्न सूचना दिने, फोहोर उठाउने ट्रेक्टरको समय निर्धारण स्थानिहरुको सल्लाह अनुसार नगरपालिका र वडा अध्यक्ष संग समन्वय गरि गर्ने निर्णय गरिएको हो ।
फोहोर फाल्ने ठाउँमा सि.सि.क्यामरा जडान गर्ने, राजदेवी मन्दिर वरिपरि लाग्ने अव्यवस्थित ठेलागाडाहरु नलगाउन अनुरोध सहित नगर प्रहरी कमिटीले परिचालन गरि व्यबस्थित गर्ने लगायतका निर्णय समेत गरिएको कमिटीका अध्यक्ष गुप्ताले बताए ।