एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १० : धनुषाको लक्ष्मीनियाँ बजारमा वृक्षारोपण गरिएको छ । शहिद कामेश्वर कुसेश्वर प्रतिष्ठान लक्ष्मीनिया बजार तथा नेपाल भारत मैत्री युबा संघ धनुषा जिल्लाको सयुक्त आयोजनामा भएको वृक्षारोपनमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको संघ धनुषाका अध्यक्ष बजरंग प्रसाद यादवले बताए ।
नेपाली कांग्रेसका सह–महामन्त्री तथा प्रतिष्ठानका अध्यक्ष महेन्द्र यादवको विशेष उपस्थितीमा भएको वृक्षारोपण कार्यक्रममा प्रदेश सांसद शेष नारायण यादव, कांग्रेस प्रदेश सदस्य जिवनाथ चौधरी, संघका धनुषा सचिब फुलगेन यादव, अकबर मन्सुर, शैलेन्द्र चोरबार, क्षेत्र नं.४ का सभापति योग नारायण यादव, नेता श्याम यादव, रामबरण पासवान, अताबुल हक, हरि यादव लगायतका नेता तथा समाजिक अगुवाहरुको सहभागिता रहेको अध्यक्ष यादवले बताए ।