एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ९ :
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले वरिष्ठ समाजसेवी दानवीर स्व. रामचन्द्र साह जनकपुरधामको विकासमा दिएको योगदानको प्रशंसा गरेका छन् । स्व. साहको निवास पुगेर तस्वीरमा पुष्प अर्पण सहित श्रद्धाञ्जली प्रदान गरेका यादवले उहाँकै योगदानका कारण जनकपुरधाम शिक्षाको हवका रुपमा स्थापित भएको स्मरण गरे ।

उहाँहरुले बनाइदिएको स्कुल र क्याम्पस पढेर हामी आज कोहि नेता, कोहि डाक्टर ईन्जिनियर भएका छौं उनले भने, ‘यस्ता समाजसेवीहरुको योगदानको कदर आजको पुस्ताले गर्नुपर्दछ ।’ प्रदेश सांसद जंगीलाल राय सहित पुगेका उनले स्व. साह सच्चा समाजसेवी भएको बताए ।

सो अवसरमा कांग्रेसका नेता बजरंग प्रसाद यादव सहितको उपस्थिती थियो ।