एसपी रिपोर्टर
जनकपुरधाम, असार २९ :
नेपाल ट्रेड युनियन कांग्रेस धनुषाले न्युनतम पारिश्रमीक २५ हजार पुरयाउन भन्दै श्रममन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल मार्फत नेपाल ट्रेड युनियन कांग्रेस धनुषाका अध्यक्ष महाविर दासको अगुवाईमा नेपाल सरकारको श्रममन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

अध्यक्ष दासले देश व्यापी कार्यक्रम तहत ज्ञापन पत्र बुझाइएको र सरकारले नटेरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । हालको श्रम ऐनमा न्युनतम पारिश्रमीक मात्र १५ हजार रहेकाले अन्याय भइरहेको भन्दै ७७ जिल्ला र सातवटै प्रदेश मार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको बताएका छन् ।

सो अवसरमा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, कांग्रेस जिल्ला सदस्य उमेश कुमार साह, शिक्षक संघ धनुषाका अध्यक्ष रामस्नेही यादव सहितको उपस्थिती थियो ।