एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ :
गणेशमान चारनाथ नगरपालिका वडा नंं ४ पोर्ताहामा सञ्चालन भएको लव कुश वालुवा प्रशोधन केन्द्रका सञ्चालक मध्ये अच्छेलाल महतो पनि रहेको बताउदै आफू माथि लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।

महतो सहितका सो प्रशोधन केन्द्रमा कार्यरत रहेका सवारी चालकहरु तथा कम्पनीका सञ्चालकहरुले विहिवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर आफूले प्रशोधन कारखाना सञ्चालनका लागि ३३ लाख दिएर शेयर धारी बनेपनि आफ्नै भान्जाहरुले धोका दिएर गलत आरोप लगाउने काम गरेको बताए ।

धमेन्द्र कुमार सिंह सहितका दाजूभाईलाई खोल्न लगाएको बताउदै शुरुमा आफ्ना छोराको नाउँमा खोल्न चाहेपनि छोरा पुल चौकमा ईन्जिनियरिङ्ग बढ्दै गरेकाले नखोलेको महतोले बताए । भान्जा ज्ञानेन्द्र कुमार सिंहको नाउँमा बालुवा प्रशोधन केन्द्र स्थापना गरेको र दत्र्ता गर्दा भान्जासंग पूँजी पनि नरहेको उनले बताए ।

लव कुश वालुवा प्रशोधन केन्द्रका शेयर होल्डर सञ्चालकहरुमा सुनिल अग्रवाल,सुद्देश्वर प्रजापतिसंग ८० लाख रकम पनि उठाएका थिए । उनले दवकुश बालुवा प्रशोधन केन्द्रले तीर्नु पर्ने कर, जग्गा धनीहरुको पैसा तथा विजुली वील पनि नतीरेर उल्टै उज्जल सप्लायर्सको नाउँमा कारोवार गर्न थालेपछि आफूहरुले पूँजी तथा शेयरधनी माथि दायित्व बढेका कारणले स्टौक भएको माल विक्रि गर्नमा रोक लगाएको बताए ।

आफूहरुको तीन वटा बालुवा लोड गरेको टिपर नक्कली भ्याट वीलको नाउँमा पक्राउँ गर्न लगाएको बताउदै अहिले ती सम्पूर्ण बील सक्कली भएको भन्दै राजश्व अनुसन्धान ईकाई पथलैयाले छानविन गरेर छाडेको र उजुरी दिनेलाई झिकाएपनि अहिले मोवाईल स्वीच अफ गरेर लुकेर बसेको अच्छेलाल महतोले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । ज्ञानेन्द्र कुमार सिंहले उल्टै आफूहरु माथि अनेक मुद्दाहरु दिने काम गरेको पनि बताए । पत्रकार सम्मेलनमा बोल्दै प्रशोधन केन्द्रमा काम गर्ने रामभरोस यादवले डेढ वर्षसम्म काम गराएपनि तलव नदिएको गुनाशो गरे ।

सोही प्रशोधन केन्द्रमा ट्राक्टरका लाल महतोले आफ्ने ६५ हजार तलव लिन बाकी रहेको बताए । ज्ञानेन्द्र कुमार यादव हार्डवेयरमा कार्यालय सहयोगीको रुपमा काम गरेको बताउदै विश्वास गरेर यसमा आफू सहभागी भएपनि अहिले आफूलाई पनि डुवाउन खोजेको सुद्देश्वरनाथ प्रजापतिले जानकारी दिए । उनले आफू माथि अनेकन मुद्दा गरेर दु:ख दिने काम गरेको बताए । उनको भान्जा सिंहले केहि दिन अगाडि पत्रकार सम्मेलनको आयोजना गरि मामाले अवैध रुपमा आफनो क्रसर कब्जा गर्न चाहेको आरोप लगाएका थिए ।