एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १३ :
जनकपुुरधाममा मुस्लिम समुदायका ३० जनाले रक्तदान गरेका छन् । जनकपुरधामको वडा नं. ८ स्थित मर्क जुछाराजतिस सुन्नीय मर्दशा गुल्सने अजमेरीमा आयोजित वृहत रक्तदान तथा सम्मान कार्यक्रममा समुदायका २६ पुरुषका साथै चार जना महिलाहरुले समेत रक्तदान गरेर समाजिक रुपान्तरणको उदाहरण प्रस्तुत गरेकि छन् ।

सो अवसरमा अयोजित कार्यक्रममा मधेश प्रदेश सरकारका राज्यमन्त्री अबदुल कलाम आजाद (फुलबाबु)लाई सम्मान समेत गरिएको छ । मुस्लिम अगुवा साजिद खानका अनुसार रक्तदानमा चारजना महिलाहरुले समेत सहभागिता जनाएकी छिन् । सो अवसरमा मुस्लिम समुदायका अगुवाहरु, राजनितिज्ञहरु सहितको उपस्थिती थियो ।