एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३० :
जनकपुरधाममा समाजिक गतिविधी गर्दै आएका श्री ठाढी युवा क्लवको नयाँ कार्यसमिति चयन भएको छ । जनकपुरधाममा आयोजित क्लवको प्रथम वार्षिक साधारणसभाबाट युवा व्यवसायी रमेश महतोको अध्यक्षतामा १५ सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ ।

क्लवको उपाध्यक्षमा मनिर राइन, सचिवमा महेश्वर साह, सहसचिवमा राम उदित महतो र कोषाध्यक्षमा नितु शर्मा चयन भएका छन् । वाँकी दश जना सदस्यहरु रहेका छन् । सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह र उपप्रमुख किशोरी साह सहितकाले फुलमाला र अविर लगाएर बधाई ज्ञापन गर्दै समाजिक उत्थान र विकासमा निरन्तर सक्रिय रहन आग्रह गरेका छन् ।