एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १२ : जनकपुरधामको मिल्स एरिया स्थित ईन्द्रपुजा भवनको शिलान्यास भएको छ ।
एक समारोहका बिच स्थानिय श्री ईन्द्रपुजा समितिले ईन्द्रपुजा मन्दिर भवनको शिलान्यासका साथै धार्मिक अनुष्ठानको समेत शुभारम्भ गरेको छ ।
सो अवसरमा श्री श्री १०८ श्री इन्द्रपुजनोत्सब पूजा भवन शिलान्यास एवं श्री कालिदुर्गे राधेश्याम संकीर्तन अष्टजाम नवाह धार्मिक महोत्सव समारोहको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गरेका छन् । साथै धनुषाका प्रहरी प्रमुख बिश्वराज खडकाले भवन निर्माण स्थलमा बन्न लागेको पूजा भवन शिलान्यास गरेका छन् ।
मिल्स एरिया स्थित श्री इन्द्रपुजा महोत्सव स्थल सार्बजनिक जग्गालाई जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन र जिल्ला प्रहरी सहितका निकायहरुको सहयोगमा अतिक्रमण मुक्त गराईएको समेत समितिका वरिष्ठ सल्लाहकार मनोज कुमार साह क्रान्तिकारीले बताए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी वल धनुषाका प्रमुख सहितकाले गुठिका अतिक्रमणमा परेका जमिनहरु खाली गराई यस्ता समाजिक कार्यहरुका लागि सदुपयोग गर्न र संरक्षणका लागि जनता र समाज नै अगाडि आउनु पर्ने भन्दै आफुहरु सहयोग गर्र्नेे प्रतिवद्वता जनाएको साहले बताए ।
सो अवसरमा निकालिएको कलशयात्राको समुदघाटन सशस्त्र प्रहरी वल धनुषाका प्रमुखले गरेका थिए । सो अवसरमा समितिका वरिष्ठ सदस्य चेतन महासेठ, समितिका निम्ति अध्यक्ष नवल किशोर सिंह, समितिका लक्ष्मेश्वर यादव, कौशल्यादेवी, अर्चना साह, कमल साह, वरिष्ठ पत्रकारहरु कमल साह र श्री नारायण साह साथै शिवशंकर साह सहितको उपस्थिती थियो ।