एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ६ :
मधेश प्रदेश सरकारको प्रशासनिक भवन क्षेत्रको सरसफाइ गरिएको छ । बुधबार वन मन्त्रालय र एटुजेड ईनोभेटिम ईन्डसट्रिज प्रा.ली. संस्थाको पहलमा सरसफाइ अभियान चलाईएको हो ।

सरकारी निकायका कर्मचारी, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहकार्यमा सरसफाइ गरिएको छ । बुधबार प्रशासनिक भवन परिसर सरसफाइ गरिएको छ । विस्तारै अन्य क्षेत्रमा पनि सरसफाइ कार्यक्रम गर्ने प्रा.ली.का दिपु ठाकुरले बताए । यसलाई अभियानको रुप दिएर सफाई र वातावरण स्वच्छताका लागि अगाडि बढने उनीहरूले बताएका छन् ।