एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २६ :
राष्ट्रिय स्वतन्त्र पार्टी धनुषा जिल्ला संयोजकमा डा.जय प्रकाश महतो चयन भएका छन् । आइतबार मधेश प्रदेशका सभापति ई. तपेश्वर यादवले प्रकाशित गरेको मनोनयन पत्रमा डा. महतोलाई धनुषा संयोजकको जिम्मेवार तोकिएको जनाएको छ ।

त्यसै गरि धनुषाको उपसंयोजकमा ई संजय यादवलाई चयन गरिएको छ । महातेरीको संयोजकमा शुभम कुमार यादव र उपसंयोजकमा धिरेन्द्र प्रसाद साहलाई मनोनयन गरिएको छ ।

यस्का साथै पार्टीको मधेश प्रदेश कमिटिको महामन्त्रीमा धनुषाका मनिष कुमार साह, कोषाध्यक्षमा सर्लाहीका चन्दन कुमार साह तेली र प्रवक्तामा रौतहटका रञ्जित रामलाई मनोयन गरिएको मधेश कमिटिका सभापती ईं.तपेश्वर यादवले जारी गरेको मनोनयन पत्रमा उल्लेख छ ।