एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २५ :
जनकपुरधाम स्थित मोनाष्टिक स्कुलले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । विद्यालय र अभिभावक गरि कुल एकसय महिलाहरुको उपस्थितीमा नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिका झाको विशेष उपस्थितीमा आयोजना गरिएको एक कार्यक्रममा महिलाको उत्थान, समस्या, चुनौती, सफलता र प्रगतीको विषयमा पनि चर्चा गरिएको थियो ।

कार्यक्रममा बोल्दै महासंघ धनुषाकी अध्यक्ष झाले सबैजनालाई आ–आफ्नो जीवनमा आफूप्रति विश्वस्त हुन आग्रह गरिन् । उनले समाजका कुनैपनि महिलाको कठिनाइमा आफू सदैव साथमा उभिने र न्यायको लागि लड्रिहने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

कार्यक्रममा सहभागीहरू महिलाहरुलाई झाले मायाको चिनोसमेत प्रदान गरेकी थिइन । सहभागीहरू मध्ये धेरैजनाले आ–आफ्ना विचारहरू साझा गरेकी थिइन् । जसले अरूलाई प्रेरित गरेको थियो । विद्यालयका सञ्चालक डा. शिखा नायकले गृहिणीहरू अहिले समाज निर्माता भएकोमा शिक्षक कर्मचारीहरूको प्रशंसा गरेकी थिइन् ।

कार्यक्रममा मोनाष्टिक स्कुल/कलेजका करिब १ सय जना महिला सदस्यहरू (शिक्षिका र गैर–शिक्षिका) भेला भएकी थिइन् । कार्यक्रममा विद्यालयका सञ्चालक डा. सोनु साह सहितको पनि उपस्थिती थियो ।