एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ : मधेश प्रदेश सरकारमा मन्त्री परिषद विस्तार हुन नसक्दा सत्ता गठबन्धनमै प्रश्न उठेको छ । समाजिक विकासको सट्टा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पुगेको जनमत पार्टीले अहिले पनि समाजिक विकास कुनै पनि हातलमा नछाडने अडान लिएपछि भाण्बण्डामा सकस भइरहेको एक नेताले एसपी खवरलाई बताएको छ ।
पछिल्लो छलफलमा जनमत सो अडानमा यथावत रहेपछि अन्तिममा मुख्यमन्त्री सरोज कुमार यादवले समाजिक विकास नै लिने भए त्यसबाट स्वास्थ्य झिकेर स्वास्थ्य तथा जनसंख्या थप एक मन्त्रालय बनाउने प्रस्ताव गरे, जनमतले पनि हुन्छ भनेको तर मन्त्रालय थप्ने स्थितीमा कृषिमा सिचाँई पनि थप्न जनमतले नयाँ सर्त अघि सारेको छ ।

त्यसपछि मुख्यमन्त्रीले यसमा छलफल गर्न सक्ने भनेको मुख्यमन्त्रीको भनाई उद्दृत गर्दै एक नेताले भने, ‘अव माओवादीलाई मिलाएछि भागबण्डा मिल्छ ।’ जनमतको नेताले जे जे झिक्न मन छ झिक्नोस तर समाजिक विकास हामि छाडदैनौ र नपाएर सरकारमा बस्दैनौ भन्ने अडानमा छन् ।
भागबण्डाको निश्कर्ष बिनै मुख्यमन्त्री र तिन मन्त्रीले सपथ लिएपनि १५ दिन बित्दा पनि सात मन्त्रालय खाली नै रहेको अवस्था छ । यस कारण वर्तमान सत्ता गठबन्धनको औचित्यमै प्रश्न उठन थालेको छ ।