एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ : जनकपुरधाम स्थित यात्री निवास वरपरका क्षेत्रको सरसफाइ गरिएको छ । बुधबार महिला तथा बालबालिकाहरूको पहलमा सरसफाइ गरिएको हो । यात्री निवासमा विशेष गरी भारतीय पर्यटकहरू बस्ने गरेका छन् ।
सरसफाइ नहुँदा गलत सन्देश जाने गरेकाले आफूहरू सरसफाइमा जुटेका अभियानीहरूले बताएका छन् । सरसफाइ अभियन्ता धिरेन्द्र कुमारले फोहोरले गर्दा पर्यटकहरूमा खराब अवधारणा आउने गरेकाले आफूहरूको ध्यानाकर्षण भएको बताउनुभयो । सरसफाइमा स्थानीयवासी, युवा, महिला तथा विद्यार्थीहरू सहभागी भएका थिए ।