एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ :
जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साहले अस्पतालमा उपचारार्थ वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । अप्पन टेलिभिजनका अध्यक्ष समेत रहेका साह नेपाली उपचारार्थ जनकपुरधामको म्याक्स लाईफ अस्पताल पुगेर चिकित्सहरुसंग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुका साथै सिघ्र स्वास्थ्य लाभका लागि माता जानकी संग कामना समेत गरेका छन् ।

सो क्रममा पुर्व मेयर साहले राजेश्वर नेपालीको २००७ साल देखि हाल सम्म पत्रकारिताका साथै देशका विभिन्न राजनितिक गतिविधीमा देखाइएको कुशल सक्रियताको प्रशंसा गरेका छन् । उनले नेपाली जिउँदो शहिद र एक जिवन्त ईतिहाँस व्यक्तित्व रहेको बताए । सो क्रममा अप्पन टेलिभिजनका निर्देशक तथा सञ्चालक समिति सदस्य नविन साह सहितको उपस्थिती थियो ।