एसपी रिपोर्टर
जनकपुरधाम, माघ १० :
जनकपुरधामको शैक्षिक संस्थाहरु समेत सामुदायिक सरसफाईमा अग्रसरता देखाउन थालेको छ । विहिवार शैक्षिक संस्थाहरुले प्राथमिकताका साथ मनाउने श्री सरस्वती पुजाको अवसरमा जनकपुरधामको युनिभर्सल एकेडेमी कलेजले श्री संकटमोचन मन्दिर र बाह्रबिघ्घा रंगभुमि मैदान क्षेत्रमा सरसफाई गरेको छ ।

सरस्वती पुजाको अवसरमा कलेजका विद्यार्थी, शिक्षक र प्रशासन सहितको सहभागिताको समुहले सो क्षेत्रमा सरसफाई गरेको कलेजका सञ्चालक संजय यादवले बताए । समाजिक उतरदायित्व वहन र सामुदायिक स्वच्छताका लागि सरसफाई गरिएको कलेजको भनाई छ ।