एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ : रौनियार सेवा समिति जनकपुरधामको १० औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । अव प्रत्येक वर्ष वार्षिक साधारणसभाको आयोजना गर्न लागेको समितिले शनिवार पृथक र समाजिक हितका विभिन्न कार्यक्रम गर्दै आफनो १० औं वार्षिक सधारणसभा सम्पन्न गरेको छ ।

सो अवसरमा शनिवार विहान वृक्षारोपण कार्यक्रमको आयोजना गरेको समितिले भैरवचौक स्थित आफनो समितिको धर्मशाला परिषर र चिल्ड्रेन पार्कमा गरि कुल ५१ वटा वृक्षारोपण गरेका छन् । सो अवसरमा प्रदेश सांसद तथा हरित अभियन्ता रामअशिष यादवले समितिको कामको प्रशंसा गरेका थिए भने एकजना अमेरिकन पर्यटकलाई समितिका अध्यक्ष रामप्रताप साहले सम्मान समेत गरेका थिए ।

साथै समितिको युवा संस्था रौनियार युवा मञ्चको समन्वयमा रौनियार समुदायका बालबालिको वृतिविकासका लागि कक्षागत रुपमा चित्रकला, वकतृत्वकला प्रतियोगीता गरेको समितिले साँझ समाजकी महिलाहरुको मनोरञ्जन र वृतिविकासका लागि म्युजिकल चेयर प्रतियोगीताको आयोजना समेत गरेको मञ्चका अध्यक्ष सन्तोष गुुप्ताले बताए ।

अतिरिक्त क्रियाकलापहरुका साथ शनिवारनै समितिका कोषाध्यक्ष ई. बैद्यनाथ साहको आर्थिक प्रतिवेदन र महासचिव रामबाबु गुप्ताको सांगठनिक प्रतिवेदन पारित भएको छ ।

१० औं वार्षिक सधारणसभालाई सम्बोधन गर्दै नेपाल रौनियार महासंघका अध्यक्ष शिवनाथ गुप्ता तथा समितिका अध्यक्ष साहका साथै पुर्व अध्यक्षहरु अरुण गुप्ता, लालबाबु गुप्ता सहितका वक्ताले समितिको १० औं वार्षिक सधारणसभामा भएको अतिरिक्त क्रियाकलापको प्रशंसा गर्दै समाजिक हितका लागि समाजको महिला र बालबालिका केन्द्रित थप गतिविधी गर्न आवश्यक रहेको बताए ।

सो अवसरमा आयोजना गरिएको अतिरिक्त क्रियाकलाप र प्रतियोगितामा उत्कृष्ट गर्नेहरुलाई मेडल, तगमा, प्रमाणपत्र सहित पुस्कृत गरि मनोबल बढाइएको युवा मञ्चका संजय गुप्ताले बताए ।