एसपी रिपोर्टर
जनकपुरधाम, पुष २० : जनकपुरधामको श्री राम युवा कमिटि (बौद्धिमाई मन्दिर) छेउमा रहेको अग्नि कुण्ड रामसागर पोखरीको सौन्दर्यकरण कार्यको शिलान्यास गरिएको छ । हिन्दु परम्परा अनुसार एक विशेष कार्यक्रम गरि सागरको सौन्दर्यकरण कार्यको शिलान्यास गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले शिलान्यास गरेको सो सौन्दर्यकरण योजनाका लागि कर वाहेक २ करोड, ६३ लाख ५६ हजार ९ सय १३ रुपैया बजेट बिनियोजित छ । २०८० साल जेठ २५ सम्म सागरको घाट निर्माण तथा सौन्दर्यकरणका काम सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।
योजनाको ठेक्का श्री जय धनन्जय र रहबानी जेभीले जलेश्वर महोतरीले पाएको छ । शिलान्यास कार्यक्रममा जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साह, कमिटिका अध्यक्ष परमेश्वर साह, पुर्वअध्यक्ष प्रमोद चौधरी, रामबाबु साह, जितेन्द्र प्रसाद साह, नागरिक अगुवा अमरचन्द्र अनिल, सुनचाँदी व्यवसायी तथा अगुवा पवन ठाकुर सहितको उपस्थिती थियो ।