एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : जनकपुरको निजी विद्यालय सिद्धार्थ शिशु सदनले आफ्नो ४२ औं बार्षकोत्सवको शुभ अवसरमा अध्ययन सामग्री, खेलकुद सामग्री तथा डेस्क बेन्चहरु सामुदायिक विद्यालय श्री शंकर आधारभूत विद्यालयलाई सहयोग गरेको छ । जनकपुरधामको वडा नं. १८ मा पर्ने श्री शंकर आधारभूत विद्यालयलाई सो सामाग्रीहरु सहयोग प्रदान गरेको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा सँगसँगै शारिरिक तथा बौद्धिक विकासको लागि सो सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
सिद्धार्थ शिशु सदनले हरेक वर्ष झै यो वर्ष पनि स्कुलमा बार्षिकोत्सवको शुभ अवसर पारी साइन्स एक्जिबिसन, खाना प्रदर्शनी, रगत दान, आदि कार्यक्रमहरु गरेर बार्षकोत्सव मनाएका छन । सोही अवसरमा श्री शंकर आधारभूत विद्यालयका प्रधानाध्यापक रामकिशोर साहले सहयोग गर्दै आफना स्कुलका विद्यार्थीहरुलाई हौसला प्रदान गरेको र भविष्यमा पनि बिभिन्न निकायलाई सहयोग गर्न अनुरोध गर्दै शिद्धार्थ स्कूल प्रति हार्दिक आभार प्रकट गरेका थिए ।
निजी विद्यालयले कुल आर्जन गरेको सम्पतिको ५% प्रत्येक वर्ष सामुदायिक विद्यालयलाई सहयोग गर्नु पर्ने ऐन पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा अर्थ मन्त्री हुँदा २०७७ सालमा बनाएको भएपनि निजी विद्यालयहरुको संघ सङ्गठनहरुको विरोधका कारण लागू हुन सकेको छैनन् । कार्यक्रममा सिद्वार्थ शिशु सदनका प्रबन्धन निर्देशक शितल यादव, प्रिन्सीपल राजु यादव, शिक्षक रामानन्द ठाकुर, परमजित यादव र सन्तोष मण्डल सहितको उपस्थिती थियो ।