एसपी रिपोर्टर
महोतरी, पुष १२ : महोत्तरीको पिपरा गाँउपालिकामा २५ परिवारका दलित महिला तथा किशोरीहरुले सामुहिक रुपमा कार्यक्रम मार्फत सिकेका कुराहरु आफ्नोे घर परिवार र समुदायमा लागु गर्ने भनी १२ बुंदे सामुहिक प्रतिवद्धता गरेका छन् । सेभ द चिल्ड्रेनको सहयोग र रतौली युवा क्लवको सहकार्यमा संचालित नेतृत्व परियोजनाको समापन सत्रमा परियोजना आवद्ध दलित महिलाहरुले यस्तो प्रतिवद्वता जाहेर गरेका छन् ।
महिलाहरु रितु दास र पुनम कुमारी पासवानले “परियोजनामा आवद्ध भएपछि आफुहरुले नेतृत्व के हो भन्ने बारे बुझेको बताईन । उनीहरुले बालविवाह, लैंगिक विभेद, शिक्षा र स्वास्थ्यको सुविधामा पहुचको कमी, घरेलु हिंसा जस्ता समाजिक कुरितिहरुबाट हुने समस्याहरुको बारेमा पनि थाहा पाएको बताईन ।
यस्ता समस्याहरुको समाधानका बारेमा पनि विगत १ वर्ष देखी रतौली युवा क्लव द्धारा संचालित नेतृत्व परियोजना अन्तर्गत विभिन्न तालिम, गोष्टी तथा अन्तरक्रियाहरुमा भाग लिएपछी आफुहरु जान्न पाएको उनीहरुको भनाई छ । उपस्थित २५ जना दलित महिलाहरुले सामुहिक रुपमा पिपरा गाउँपालिकाका अध्यक्ष श्री रामजानकी यादव तथा सरोकारवालाहरु समक्ष १२ बुंदे सामुहिक प्रतिवद्धता प्रस्तुत गरेका छन् ।