एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २८ :
जनकपुरधाम स्थित श्री रसिक बिहारी भगवान तेली कुट्टीको नयाँ कार्यसमिति गठन भएको छ । बुधवार भएको एक भेलाले श्री महाविर युवा क्लवका पुर्व अध्यक्ष सन्तोष कुमार साहको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा लक्ष्मण साह, सचिवमा नेकपा एमाले जनकपुरधामका नगर कमिटि सचिव राजु कुमार साह, कोषाध्यक्षमा राधारमण साह चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा प्रमोद साह, विनोदकुमार साह, अम्भु प्रसाद साह, भरत साह र उमेश कुमार साह रहेका छन् । साथै सल्लाहकार समितिमा जिविस पूर्वसभापति रामचरित्र साह, जगदीश साह, रामबाबु साह, महेश साह, विजय साह र मनिष रमण साह रहेका छन् ।

सचिव राजु कुमार साहले कुट्टीको अस्तित्व समाप्त गर्न र मन्दिरको सौन्दर्यकरणको हनन गर्न लागि परेका केहि भुमाफिया विरुद्व आफुहरु आवाज उठाउने बताए । सामुदायिक हितमा रहेको कुट्टीलाई कुनै परवाह नगरि पावरको भरमा कुनै व्यक्तिलाई गुठी संस्थान र यहाँका केहि समुहले प्रोत्साहन गरिरहेको भन्दै उनले असत्य धेरै दिन नटिक्ने बताए ।