एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २७ :
जनकपुरधाम जेसिज विभिन्न कार्यक्रम गरेर जेसिज सप्ताह मनाइरहेको छ । सप्ताह व्यापी कार्यक्रमको तेस्रो दिन मंगलवार ‘स्लो बाइक रेस’ प्रतियोगिता गरिएको छ । यसअघि जेसिज मानव सेवा आश्रममा खाद्यान्न हस्तान्तण गरिएको थियो ।

त्यसैगरि कन्या विद्यालयमा सेनेटरी प्याड एटीएम मसिन हस्तान्तरण, जनकपुरधामस्थित आधारभूत विद्यालय बाल मन्दिरको विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग सहित कार्यक्रम गरेर जेसिज सप्ताह मनाइएको छ । मंगलवार भएको स्लो बाइक रेस प्रतियोगितामा जनकपुरधाम जेसिजका अध्यक्ष राजकुमार साह, जेसिजका राष्ट्रिय उपाध्यक्ष मनोज साह, चन्द्रभुषण यादव लगायतको सहभागी थियो ।