एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २७ : जसपाका युवा नेता नविन यादव संयोजकत्वको मधेश क्रान्ति संर्घष समिति जनकपुरधामका अवैध अस्पतालहरु प्रति चासो देखाएको छ । यादवले एक प्रेस विज्ञप्ती जारी गर्दै जनकपुरधाम उपमहानगरपालिका भित्र संचालनमा रहेको अस्पतालहरुमा ठगी धन्दा खुल्ले आम चलीरहेको आफुहरुलाई जानकारी हुन आएकाले समिति अव सक्रियता देखाउने बताइएको छ ।
बाहिर बाहिर बाट उपचारका लागि जनकपुरधाम आउने गरिव, निमुख्खा जनताहरु सरकारी अस्पतालमा जाने गरेको भएपनि दलालहरु मार्फत उनीहरुलाई विभिन्न निजी अस्पतालमा पठाएर चर्को शुल्क असुल्ने देखि विभिन्न प्रताडना दिने काम भइरहेकाले समिति अप चुप लागेर नबस्ने विज्ञप्तीमा उल्लेख छ । मानव जिवनको मुख्य र सबै भन्दा संवेदनशिल स्वास्थ्यमा पनि भइरहेको लापरवाहीमा राज्य मौन हुनु दु:खद रहेको समितिको ठहर छ ।
समितिले जनकपुरधाममा रहेको स्वास्थ्य क्षेत्रको विभिन्न समस्या र लापरवाहीहरुको अनुगमनका लागि जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा जनकपुरधाम उपमहानगरपलिकाको एक जना प्रतिनिधिका साथै जनस्वास्थ्य कार्यालयबाट एक जना प्रतिनिधि र जिल्ला प्रशासन कार्यलयबाट एक जना प्रतिनिधि लगायतका संस्थाहरूवाट एक/एक जना प्रतिनिधिहरुको सहयोगमा गर्न लगाई मापदण्ड विपरित रहेको क्लिनिक र अस्पतालहरुलाई कानुनी दायरामा ल्याउन समितिले सवै क्षेत्रका सचेत वर्ग संग अनुरोध गरेको छ ।
यादव नेतृत्वमा रहेको युवाको समुह जनकपुरधाममा पटक पटक विभिन्न अस्पतालमा गरिव, विपन्नहरु संग हुने पिडा दायक घटनामा सक्रियता देखाउदै सहयोग गर्ने गरेका छन् ।





