एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २३ :
जनकपुरधामको एक अस्पतालमा दर्जनौले रक्तदान गरेको छ ।
शुक्रवार जनकपुरधामको जिरोमाइल स्थित म्याक्सलाइफ अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा अस्पतालका नर्श, चिकित्सक र सञ्चालक तथा कर्मचारीहरु गरि दर्जनौंले रक्तदान गरेका छन् ।

अस्पतालले रगत अभाव हुँदा दैनिक सैयौं जना रेडक्रसमा पुग्ने गरेको भएपनि रक्तदान गर्न अग्रसरता नदेखिएका कारण जनचेतना र रेडक्रसलाई सहयोग गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको अस्पतालका सिईओ किशोर कुमारले बताए ।