एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ८ : स्वयोनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्रजन्न स्वास्थ्य सम्बन्धी जनचेतनाका विषयमा पत्रकारहरुसंग अन्तक्र्रिया कार्यक्रम गरिएको छ । साथै, लैंगिक अल्पसंख्यकका विषयमा पत्रकारहरूले उठान गर्न सक्ने विषयहरूबारे समेत चर्चा गरिएको छ ।
सो क्रममा निलहिरा समाज धनुषाका अध्यक्ष प्रदिप यादवले धनुषामा मात्र करिव छ हजार स्वयोनिक तथा लैंगिक अल्पसंख्यहरु रहेको बताउदै समाजको डर र चुनौतीले खुल्न नचाहिरहेको बताएका थिए ।
कार्यक्रममा स्वयोनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अगुवा पिटरले नेपालको संविधान, त्यसमा स्वयोनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार र भाग्नु परेको चुनौतीहरुको विषयमा प्रकाश पारेका थिए । पत्रकार बबिता बस्नेतले स्वयोनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कुरा उठान गर्दा संवेदनशिल हुन सञ्चारकर्मीहरुलाई आग्रह गर्दै सोहि समुदायको पनि प्रतिनिधित्व सञ्चार माध्यमहरुमा हुन सके समुदायका लागि झनै हितकर हुने बताइन ।