एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २ : जनकपुरधाममा थप एक होटल सञ्चालनमा आएको छ । सिताचौकबाट रेल्वे स्टेशनका लागि दक्षिण तर्फ जाने मोडमा होटल सगुन ग्यालेक्सी पार्टी पैलेस परिसर नामक होटल सञ्चालन आएको छ ।
एसी, डिलक्स, चारवटा बेड सम्मको व्यवस्थित कोठा सहित उचित मुल्यमा होटल सञ्चालनमा आएको सञ्चालक सञ्चारकर्मी समेत रहेका रुपेश सिंहले बताएका छन् । होटल होटल सञ्चालनमा आएपछि जनकपुरधाममा भब्य लाग्ने विवाह पञ्चमी मेलामा जनकपुरधाम आउने भक्तजनलाई सुविधा हुने भएको छ ।