एसपी रिपोर्टर
जनकपुरधाम, कातिक ८ : जनकपुरधाम उपमहानगरपालिकाको अगुवाईमा एतिहाँसिक गंगासागर सरोबर क्षेत्रको सरसफाई गरिएको छ । उपमहानगर प्रमुख मनोज कुमार साहको नेतृत्वमा सफाई कर्मचारी र नगर प्रहरी, सुरक्षाकर्मी सहित कर्मचारीहरु र स्थानियको समेत सक्रियतामा सो क्षेत्रको सरसफाई गरिएको छ ।

हिन्दुहरुको महान पर्व छठको अवसरमा गंगासागरमा अपार उपस्थिती र श्रद्धाका साथ भब्यतापुर्वक छठ मनाइन्छ । छठपर्वलाई दृष्टिगत गर्दै सरसफाई गरिएको उपमहानगर प्रमुख साहले बताए । जनकपुरधामको यस धरोहरमा छठ पर्वमा हुने सहभागिता र उल्लास देशमै चर्चित रहेको भन्दै उपमहानगरले सरसफाई गरेको हो ।
सरोबरको चारैतर्फ प्रमुख साहले अनुगमन गर्दै सरसफाईमा समेत सहभागिता जनाएका छन् । छठमा श्रद्धालु तथा भक्तजनहरुलाई गंगासागरको आवागमनमा कुनै पनि अवरोध नहोस भन्ने उद्देश्यले सागरको पश्चिम तर्फ फुटपात व्यवसायी र उनीहरुको टहराले हुने अवरोध समेत हटाउन निर्देशन दिइएको छ ।