एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ : बैदेशिक रोजगारमा रहेको महोतरी मठिहानी नगरपालिकाको गबरौराका युवाहरुले एक हृदयरोग पिडितलाई आर्थिक सहयोग गरेको छ । कतार बस्ने सो गाँउका युवाहरु महोतरी मठिहानी नगरपालिकाको वडा नं. ५ बिष्णुपुरका हृदय रोग पिडित कमलेश महरालाई कुल ७० हजार १ सय रुपैया सहयोग गरेको छ ।

स्थानिय युवाहरु जगतलाल यादव र दिलिप नायकको अगुवाईमा कतार बस्ने सो नगरपालिकाको गबरौराका युवाहरु र स्थानिय स्तरबाट पनि केहि सहयोगीहरु संग सहयोग रकम संकलन गरि दलित गरिव परिवारका महरालाई सहयोग गरेको स्थानिय संजय साहले बताएका छन् । युवाहरुले उपचारमा धेरै खर्च हुने भएकाले थप सहयोगका लागि सबैमा अुनरोध गरेको छ ।





