एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२ : प्रयास परियोजना मार्फत जनकपुरधाम उपमहानगरपालिकामा भएको प्रयासहरुका विषयमा सम्बन्धित निकायलाई जनाकारी गराइएको छ । परियोजना मार्फत जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ र १८ मा सञ्चालित परियोजनाले मुख्यत: वडामा विपद व्यवस्थापन, युवा नेतृत्वमा रहेको संस्थाहरुको सवलीकरण सहितको क्षेत्रमा काम गरिरहेको र त्यस क्षेत्रमा अहिले सम्म भएका कार्यप्रगती सहित विविध गतिविधीहरुको विषयमा जानकारी गराइएको छ ।
सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जनताको एकदमै नजिकको जनप्रतिनिधी वडा समिति संग मिलेर जारी प्रयास परियोजनाले स्थानियमा मात्र नभई जनप्रतिनिधीहरुमा पनि धेरै ज्ञान र सिकाइ प्रदान गरिरहेको भन्दै प्रशंसा गरेका छन् ।
कार्यक्रममा उपस्थित वडा नं. १७ का वडा अध्यक्ष रामवृक्ष यादवले परियोजना युवाहरुको सशक्तिकरण र विपद व्यवस्थापनको सवालमा लाभदायक रहेको बताए । कार्यक्रममा परियोजनाका दिपक आचार्यले उपमहानगर उपप्रमुख साहलाई प्रगती विवतरण हस्तान्तरण गरेका थिए । कार्यक्रममा परियोजनाका जागेश्वर यादव, अन्किता नेपाल, सञ्चार सहजकर्ता बटुकनाथ झा, सञ्चार स्वयमसेवीका खुश्बु साह, काजल झा सहित वडाहरुका जनप्रतिनिधीहरु सहितको उपस्थिती थियो ।