एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ :
जनकपुरधाममा थप एक सुविधा सम्पन्न रेष्टुरेन्ट सञ्चालनमा आएको छ । जनकपुरधाम वडा नं. ७ मा बिरयानी घर तथा फेमिली रेष्टुरेन्ट विहिवार देखि सञ्चालनमा आएको हो । वडाका वडा अध्यक्ष नेपाली कांग्रेसका युवा नेता निरज साह मुन्नाले रेष्टुरेन्टको समुदघाटन गरेका छन् ।

मुख्य राजर्मागमै वडामा स्तरीय फेमिली रेष्टुरेन्ट र त्यसमा पनि विशेषत बिरयानीको होटल सञ्चालनमा आएपछि वडावासी, नगरवासी र आगन्तुकलाई फाइदा हुने वडा अध्यक्ष साहले बताए । जनकपुरधाममा यस्ता रेष्टुरेन्टहरुको विकास विस्तारले नगरको विकास भइरहेको बताए । रेष्टुरेन्टका सञ्चालक रुपेश झाले रेष्टुरेन्टमा स्वादिष्ट बिरयानीका साथै सम्पुर्ण रेसिपी उपलब्ध हुने बताए ।