एसपी रिपोर्टर
जनकपुरधाम, साउन २१ : धनुषाका सबै पालिकाकी उपप्रमुख तथा उपाध्यक्षमा नवनिर्वाचित जनप्रतिनिधीहरुलाई उनीहरुको शक्ति, अधिकार, काम कर्तव्यका बारेमा बुझाउदै उनीहरुको समग्र क्षमता सवलीकरण र महिला सशक्तिकरणका लागि तालिम प्रदान गरिएको छ ।
महिला सशक्तिकरणको मुल उद्देश्यका साथ स्थानिय स्तरमा जिल्ला युवा सञ्जालको सहजीकरण र नेपाल युएस एल्मुनाई नेटवर्क (नुसान)को आयोजनामा भएको तालिममा सहभागि उपप्रमुखहरुले तालिमबाट आफु र आफनो शक्ति जान्ने अवसर पाएको र त्यसको सदुपयोगका लागि राम्रो जानकारी मुलक अभ्यास र सिकाइ भएको बताइन् ।
महिलाहरु अवसरबाट बञ्चित रहेको मधेशमा महिला जनप्रतिनिधीहरु जस्तै उपप्रमुखहरुले पाएको अधिकारलाई सदुपयोग गरेर नेतृत्व कसरी प्रभावकारी बनाउने विषयमा तालिम प्रदान गरिएको नुसानका सदस्य अशोक साहले बताए । एक दिवसीय तालिममा धनुषाको १८ मध्ये १५ पालिका उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता रहेको छ । उनीहरुलाई रोशन कुमार झा र मानवअधिकारकर्मी रेखा दत्तले प्रशिक्षण दिएका छन् ।