एसपी रिपोर्टर
जनकपुरधाम, साउन १४ : नेपाल कमलापुरी वैश्य समाज संगठित भएका छन् । समाजको सरकारी निकायमा आधिकारिक दर्ता भई गठन भएसंगै धनुषा जिल्ला स्तरीय भेलाको आयोजना गरि धनुषा जिल्ला कार्यसमिति समेत गठन भइरहेको छ ।
समाजमा आवद्वहरुको जनकपुरधाममा आयोजित भेलाबाट हक, अधिकार र विकासका लागि समिति गठन गरि अगाडि बढने निश्कर्ष निकालिएको छ । तत्काल ११ सदस्सीय केन्द्रिय कार्यसमिति गठन गरेर समाजको हरेक जिल्लामा संगठन विस्तार गरिने समाजका अगुवा अमरनाथ गुप्ताले बताए । धनुषाको महुवाका ठकन प्रसाद गुप्ताको नेतृत्वमा उपाध्यक्ष महन्थी साह, महासचिव किशोरी प्रसाद साह, सचिव प्रिती गुप्ता र कोषाध्यक्ष मणि शंकर प्रसाद साह रहने गरि समिति गठन भएको छ ।
भारतको कश्मिर मुल निवासी मानिने कमलापुरीहरु सैयौं वर्ष पुर्व भारतको उत्तर प्रदेश जैनपुरबाट विहारको छपरा, पटना दरभंगा, सहरसा हुदै नेपालमा समेत प्रवेश गरेको बताईन्छ । कार्यक्रममा समाजका अगुवा, बयोबृद्व, विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पेशागत अगुवाहरु सहित समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।





