एसपी रिपोर्टर
जनकपुरधाम, साउन १२ : जनकपुरधाम स्थित मारवाडी युवा मञ्चले प्रत्येक सप्ताहको शनिवार निशुल्क भोजन अभियान सुरु गर्न लागेको छ । मञ्चका महासचिव अभिषेक अग्रवालले दिएके जानकारी अनुसार अभियान अगामि साउन १४ गते शनिवार देखि सुरु हुन थालेको छ ।
प्रत्येक शनिवार मञ्चले अति बिपन्न तथा अशक्त र असहाय तथा भोक लागेकाहरुका लागि कोही पनि भोकै न सुत्न परोस भन्दै मानव सेवा ही माधव सेवा भन्ने मुल मर्म र भावना राखी निःशुल्क भोजनको अभियान थालिने मञ्चले जनाएको छ । उक्त अभियानको पहिलो दिन अगामि शनिवार बेलुकी ६ बजे रेल्वे स्टेशनबाट सो पुनित अभियानको श्री गणेशाय हुने अग्रवालले बताए ।