एसपी रिपोर्टर
जनकपुरधाम, साउन ४ : धनुषाको विदेह नगरपालिकाको जोगियारामा विद्यालयको नयाँ भवन शिलान्यास गरिएको छ । नगरपालिकाको वडा नं. ७ जोगियारा स्थित श्री भगवती नि.मा.वी मा बन्न लागेको नयाँ भवनको नगर प्रमुख बेचन दासले शिलान्यास गरेका छन् ।
नगर प्रमुख दासले नगरको शैक्षिक स्तर उकास्न आफु प्रतिवद्व रहेको बताए । उनले विद्यालय शिक्षाको मन्दिर रहेको विकासका लागि सबै दल एक हुनुपर्ने बताए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कुल २५ लाख बजेटमा एक तल्ले ४ कोठाको विद्यालय भवन बन्न लागेको विद्यालयका प्रधानाध्यापक रामशोभित यादवले बताए ।
सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत संजिव साह, वडा नं. ७ का वडा अध्यक्ष राजकिशोर सिंह सहितको उपस्थिती थियो । विद्यालय भवन निर्माण हुन लागेपछि जोगियाराका स्थानिय हर्षित भएका छन् ।