एसपी रिपोर्टर
जनकपुरधाम, असार २७ : धनुषा रघुनाथपुरको बरकुर्वा स्थित फकिरचन्द गामी मा.वि.मा वृहत बृक्षारोपण गरिएको छ । विद्यालय व्यवस्थापन समितिको सक्रियता र अगुवाईमा सवैला नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष रामनारायण कुमरको उपस्थितीमा विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार पालले विभिन्न दर्जन प्रजातीका विरुवाहरु रोपिएको बताए । विद्यालय पोशाकमा शिक्षक, शिक्षिका, विद्यार्थीहरुको उपस्थिती र वृक्षारोपणमा देखिएको उत्साहजनक सहभागिताले विद्यालयमा शिक्षा, सुधार र वृहत प्रगतीको पुर्नजागरणको संकेत आफुले पाएको दाता परिवारका सदस्य उमेश गामीले बताए ।

गामीले निर्वाचन, दल, सत्ता र व्यक्तित स्वार्थका लागि मात्र राजनिति हुनुपर्नेमा विद्यालय, मठमन्दिर सहितका समाजिक धरोहरहरुमा राजनिति हुनु दु:खद रहेकाले शिक्षाको मन्दिर विद्यालयको सुधारमा सबै एकजुट हुनुपर्ने बताए ।
सो कार्यमा सबैला नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मिथिला साह, अन्य वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, पुर्वशिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, जनपथ र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु, युवा अगुवा, नागरिक अगुवाहरुको सहभागिता थियो ।

२०१६ सालमा स्थापित विद्यालय करिव डेढ दशक अगाडि सम्म मात्र धनुषा र यस क्षेत्रकै नामी र सफल विद्यालयमा गिन्ती हुने गरेको जरजर अवस्थामा पुगेपछि नागरिक अगुवाहरु सुधारमा केन्द्रित हुन थालेका छन् ।


