एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ : धनुषाको मुखियापट्टी मुसरनियामा निशुल्क स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ । शनिवार गेट वेल सून नेपाल स्किन एण्ड हेल्थ केयर सेन्टरले गाऊँपालिका–४ स्थित तुलसियाहीस्थित श्री बैधनाथ देवनारायण जनता माध्यमिक विद्यालयको प्रांगणमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा दश गाऊँका पाँचसय बिरामीहरूको जाँच गरी औषधिहरु वितरण गरिएको हेल्थकेयर सेन्टरले जनाएको छ ।
पुर्व सिडिई भगवान झाको अभिभावकत्वमा हेल्थकेयरले धनुषाको मुखियापट्टी मुसरनियामा निशुल्क स्वास्थ शिबिर सञ्चालन गरेको हो । शिविरमा छाला रोग एबं सौन्दर्य विशेषज्ञ डा.प्रसन्न झा र मेडिसिन विशेषज्ञ डा.राजीव झा सहितको स्वास्थ्यकर्मीहरुको टीमले बिहान ७ बजे देखी २ बजेसम्म निशुल्क स्वास्थ जाँच गरेका हुन् । शिविरको संयोजन गरेका समाजसेवी ई.भगवान झाले गाँउमै छाला सहित विभिन्न रोगहरुको निशुल्क उपचार गराउन पाएपछि जनता खुसी भएको बताए ।
उक्त शिबिरमा मुखियापट्टी मूसरनिया गाऊँपालिका–४ का वडा अध्यक्ष उदय झा, स्थानीय शोभा कान्त ठाकुर, दिनेश यादव, अयुब, दिनेश झा ,कमलेश यादव तथा गौतम मिश्र एबं पालिकाका स्वास्थकर्मीहरूको समेत सहभागिता रहेको थियो ।