एसपी रिपोर्टर
जनकपुरधाम, असार १७ : भोली शनिवार जनकपुरधाममा वहृत भारतिय शैक्षिक मेला हुने भएको छ । जनकपुरधाम स्थित क्यारियर ड्रिम एजुकेशन कन्सलटेन्सी, विन्डो वल्र्डको आयोजना र वल्र्ड राइजिङ्ग कन्सलटेन्सीको सहजीकरणमा मानकी होटलमा हुन लागेको मेलामा भारतका २५ विश्वविद्यालय तथा प्रसिद्व कलेजहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
मेलामा विभिन्न विश्वविद्यालयको परिचय र विशेषता, कोर्शको परिचय र खर्च सहित स्पोट एडमिशनको समेत सुविधा रहने भएकाले एकै छाना मुनि उच्च शिक्षाका सवै जानकारी र सुविधा प्राप्त हुने आयोजक क्यारियर ड्रिम एजुकेशन कन्सलटेन्सीले पत्रकार सम्मेलन गरि जनाएको छ ।