एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ : चुरे लगायत मधेशका क्षेत्रमा पाँच हजार वृझारोपण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा धनुषाका युवाहरुले वृझारोपण गरेका छन । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको उत्तरीबेल्टमा पर्ने केशरदमारमा २५००, सिरहाको कर्जन्हा नगरपालिकाको बाबा तालमा २५०० र महोत्तरी को पिपरामा ५ सय विरुवा रोपेका हुन् ।
सेभ द चिल्ड्रेन, कायापलट र रतौली युवा कल्बको आयोजनामा तथा धनुषाको गणेशमान चारनाथ नगरपालिका, सिरहाको कर्जन्हा नगरपालिका, महोत्तरीको पिपरा गाउँपालिका र नेपाल आदिबासी जनजाति महासंघ, मधेस प्रदेशको सहकार्यमा वृझारोपण कार्यक्रम गरिएको थियो । वृक्षारोपणमा विभिन्न प्रजातिका रुखहरु रोपिएको छ भने चुरे र चुरे संरक्षणमा सरोकारवालालाई उत्तरदायी बनाउन चुरे संरक्षणको अभियानलाई निरन्तरता दिएको हो ।

विश्व वातावरण दिवसमा सुभारम्भ गरिएको चुरे बचाऔँ अभियानले सरकार तथा अन्य साझेदारीमा एक लाखबढि वृक्षारोपण गरेको कायापलटका अध्यक्ष दिवाकर उप्रेतीले बताए । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा एक समयमा एकै साथ ३ जिल्लामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा बालबालिकाको सहभागितासंगै उनिहरुलाई वातावरण संरक्षण तथा अहिलेको जलवायु संकटको बारे पनि जानकारी गराएको सेभ द चिल्ड्रेनका प्रतिनिधि अभिलेष कर्णले बताए ।
कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेशका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिसहित तिन जिल्लामा ३०० बढि सहभागीहरुको सहभागीता रहेको थियो भने महोत्तरीमा दलित महिला तथा बालबालिकाको सहभागिता रहेको थियो ।





