एसपी रिपोर्टर
जनकपुरधाम, असार ८ : जनकपुरधाम उप–महानगरपालिका वडा नं. ७ मा अवस्थित श्री रामजानकी नि.मा.बिमा अव कक्षा ९ सम्मको अध्यापन हुने भएको छ । वडामा भर्खरै वडा अध्यक्षमा निर्वाचित नेपाली कांगे्रसका नेता निरज कुमार साह मुन्नाको विशेष पहलमा विद्यालयमा ९ कक्षा सम्मको पढाई हुने व्यवस्था गरिएको छ ।
वडा अध्यक्ष साहले विद्यालयको स्तर वृद्विको यस कार्यमा उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख र शिक्षा शाखाका प्रमुखहरुले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् । वडा अध्यक्ष साहले भने, ‘मेरो प्रयास र उहाँहरुको पनि सहयोगमा आज यो काम भयो अव गरिव विपन्नका बालबालिकाहरु घर नजिकैको विद्यालयमा कक्षा ९ सम्म अध्यन्न गर्न सक्ने छ ।’