एसपी रिपोर्टर
जनकपुरधाम, असार १ : जनकपुरधाममा अत्याधुनिक प्रविधीबाट डायविटिज, थायराइड र ईएनटीको उपचारका लागि विशेष पोलिक्लिनीक बुद्ध डायविटिज एण्ड थायराइड केयर प्रा.ली.सञ्चालनमा आएको छ । भ्रमरपुरा चौक भन्दा केहि उत्तर अप्पन टेलिभिजनको भवन छेउमै डा. विजय कुमार साहले सो पोलिक्लिनीक सञ्चालन गरेका छन् ।
विशेषत: डायविटिज, थायराइड र ईएनटी अर्थात नाँक कान घाँटीको उपचार हुने सो क्लिनीकमा इसिजी, इक्को, प्याथोलोजी, मेडिसिन सहित सवै सुविधा सोहि ठाँउमा उपलब्ध हुने डा. साहले बताए । नाक कान घाँटी तर्फ विशेषज्ञ चिकित्सक तथा ईएनटी सर्जन डा. सुनिल सिंहले सेवा प्रदान गर्ने छ ।

डायविटिज, थायराइड र मुटु सम्बन्धि रोगमा विशेषज्ञता प्राप्त सञ्चालक डा. साहले डायविटिज, थायराइड र त्यसबाट मुटुमा पर्ने प्रभावका साथै नाक, कान घाँटीको उपचार र परामर्शको अभावलाई दृष्टीगत गर्दै आफनै जनकपुरधाममा सुविधा सम्पन्न यो पोलिक्लिनीक खुलेपछि सम्बन्धित विरामी अन्यत्र जान नपर्ने र जानै पर्ने अवस्थामा आफुहरु सहि र उचित परामर्श प्रदान गर्ने बताए ।

क्लिनीक सञ्चालनमा आएको जनकपुरधाम वडा नं. ७ का वडा अध्यक्ष निरज कुमार साहले डा. साहको बिज्ञताका साथ जनकपुरधाममै प्रदेशकै उत्कृष्ट उपचार स्थल सञ्चालनमा आएपछि यस क्षेत्रको जनता अनावश्यक दु:ख झेल्न नपर्ने भन्दै खुसी व्यक्त गरेका छन् ।


