एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २४ : मेगा बैंक जनकपुरधामले मृतक चिकित्सका परिवारजनलाई खाता इन्सोरेन्श वापतको रकम हस्तान्तरण गरेको छ । प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक डा. निखिल पजियारको मोटरसाइकल दुर्घटनामा मृत्यु भएकोमा सो इन्सोरेन्श वापतको सात लाख रकम उनको परिवारजनलाई हस्तान्तरण गरिएको छ ।
मृतक पजियारको जनकपुरधाम स्थित मेगा बैंकको शाखामा मेगा कपर्रेट सेभिङ्ग भर्सन २०२० तलब खाता रहेको र सो खाताधारी व्यक्तिको दुर्घटनामा निधन भएको खण्डमा खाता खोल्ने वितिकै बिमा रकम निश्चित हुने भएकाले मृतक पजियारको बिमारकम हस्तान्तरण गरिएको मेगा बैंकका म्यानेजर गलेक यादवले बताए ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. रामकेवल साहको विशेष उपस्थितीमा मृतक पजियारका पिता ओम प्रकाश पजियारलाई बिमा वापतको रु. सात लाखको चेक हस्तान्तरण गरिएको म्यानेजर यादवले बताए । सो अवसरमा मृतकका परिवारजन र अस्पतालका विभिन्न शाखा प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।





