एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० : मधेश प्रदेश सरकारको नमूना विद्यालय योजना अन्तर्गत जनकपुरधामको संकट मोचन स्कूलमा बन्ने भवनको शिलान्यास भएको छ । आइतबार सामाजिक विकासमन्त्री नवलकिशोर साहले भवनको शिलान्यास गर्नुभएको हो ।
प्रदेश सरकारले आठ वटै जिल्लाका कम्तीमा एउटा विद्यालयलाई नमुना विद्यालय बनाउने उद्देश्य लिएर यो योजना ल्याएको हो । धनुषाको संकट मोचन स्कूललाई पनि भवन निर्माणका लागि पहिलो चरणमा ५० लाख रुपैयाँ उपलब्ध गराइएको मन्त्री साहले जानकारी दिनुभयो ।
मधेश सरकारले नमूना विद्यालयका लागि छनौट भएका विद्यालयहरूलाई तीन–तीन करोड उपलब्ध गराउने जनाएको छ । मधेशका सामुदायिक विद्यालयमा भवनको अभावमा पठनपाठनमा समस्या हुने गरेपछि मधेश सरकारले यो योजना ल्याएको हो । शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बलिराम साहलगायत सहभागी थिए ।