एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १५ : पदमुक्त भएको जनकपुरधाम प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रमोद कुमार यादवले आफनो कार्यकालमा २५ प्रतिशत कार्यप्रगती भएको दावी गरेका छन् । उनले आफुु अस्पतालमा मेसु बनेर आउँदा अस्पतालको सरकारी प्रगती स्केल २९ प्रतिशत रहेको भएपनि आफु बाहिरने बेला त्यो प्रतिशत ५४ रहेको बताएका छन् ।
डा. यादवले दुईवटा अक्सिजन पलान्ट, नयाँ भवन, बेडको बिस्तार र रिनोभेट सहितका कामहरु गरेको बताएका छन् । डा. यादवले अस्पतालको सरसफाई र बिचौलियाको समेत सफाई आफुले गरेको दावी गरेका छन् । अस्पताल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा आएपछि अव निर्देशक नियुक्त गर्नुपर्ने प्रावधान अनुसार प्रदेश सरकारले डा. यादवलाई पदमुक्त गरेको हो ।