एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १४ : जनकपुरधाम स्थित रौनियार युवा मञ्चको अध्यक्षमा संतोष कुमार गुप्ता चयन भएका छन् । रौनियार समुदायहरुको छाता संगठन रौनियार सेवा समितिजनकपुरधामको भातृ तथा युवा संगठन रौनियार युवा मञचको अध्यक्ष पदमा गुप्तालाई सर्वसम्मतीबाट चयन गरिएको छ ।
समितिका अध्यक्ष, निवर्तमान अध्यक्ष, युवा मञ्चका निवर्तमान अध्यक्ष सहित समितिको बसेको बैठकबाट गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । युवा मञ्चको उपाध्यक्षमा संजय कुमार गुप्ता, महासचिवमा पंकज कुमार आजाद, सचिवमा राकेश कुमार गुप्ता र कोषाध्यक्ष पदमा रवि कुमार गुप्तालाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा ओम प्रकाश गुप्ता, कृष्णा साह, रोहन कुमार गुप्ता, रत्न साह रौनियार, निरज कुमार गुप्ता, सुमित कुमार गुप्ता, चन्दन प्रसाद साह, दिपक कुमार गुप्ता, शुभम् रौनियार, अमन कुमार गुप्ता, डा. राहुल गुप्ता, विजय कुमार साह र रंजित कुमार गुप्ता छानिएको निर्वाचन समितिका संयोजक प्रमोद कुमार गुप्ताले जानकारी दिएका छन् । मञ्चले नयाँ कार्यसमिति गठन गर्ने क्रम निरन्तर चलिरहेको भएपनि रचनात्मक र समाजिक काम खासै गर्न नसकेको समुदायकै गुनासो छ ।