एसपी रिपोर्टर
जनकपुरधाम, चैत २ : नेपाल विश्व हिन्दु महासंघ धनुषाले होली मिलन समारोह गरि होलीलाई सदाचार भाईचारा र सदभावको होली बनाउनु पर्ने बताएको छ । महासंघ धनुषाले हिन्दु धर्मावलम्बिहरुको महान पर्व होलीको अवसरमा होली मिलन समारोह गर्ने गरेको छ । हिन्दु धर्म, सँस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धनका लागि यस्ता कार्यक्रम गर्दै आएको महासंघले जनाएको छ ।
महासंघका धनुषा अध्यक्ष जानकी रमण झाको अध्यक्षतामा भएको समारोहमा विश्व प्रसिद्ध जानकी मन्दिरका सहायक महन्त राम रोशन दास हिन्दु धर्म, सँस्कार, सँस्कृति र परम्परालाई जिवन्त राख्न सबैले आ आफनो तवरबाट एक भएर लाग्नु पर्ने बताए । होलीमा विगतमा देखिएका विकृती र विसंगतीहरु ह्टाउन आवश्यक रहेको उनको तर्क छ ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष जानकी राम साह, कामख्या परिवार जनकपुरका संयोजक विभाष लाभ, लोसपाका महिला नेत्री बिभा ठाकुर, जनकपुरका व्यवसायी प्रभु जलान, युवा अगुवा सरोज मिश्र, शम्भु निर्दोशी, नेपाली काँग्रेसका युवा नेता राकेश बिक्रम साह, महासंघ मधेश प्रदेशकी वरिष्ठ उपाध्यक्ष चाँन्दनी झा लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।