एसपी रिपोर्टर
जनकपुरधाम, चैत २ :
जनकपुरधामबाट प्रसारित टाईम्स टेलिभिजनले जनकपुरधाम स्थित एतिहाँसिक मनिमण्डपमा होली मिलन समारोह मनाएको छ । प्राचिन मिथिलाको यर्थात रामजानकीको विवाह मण्डप रहेको मानिने मनिमण्डपमाको प्रचार प्रसारका लागि यहाँ होली मिलन समारोहको आयोजना गरिएको टेलिभिजनका अध्यक्ष विष्णु कुँवरले बताएका छन् ।

सो अवसरमा होलीको मौलिक सांस्कृतीक गान होरैया प्रस्तुत गरिएको थियो । साथै अप्पन टेलिभिजनका सञ्चालक नविन साह, जानकी टेलिभिजनका सञ्चालक वैद्यनाथ साह र एसपी खवरका सञ्चालक पुरन साहका साथै टाइम्स टिभीका सम्पादक विरेन्द्र रमण सहितकालाई सम्मान समेत गरिएको छ ।