एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २७ : ब्रह्मर्षि समाज महिला मञ्चले हिन्दुहरुको महान पर्व होलीको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गरेको छ । जनकपुरधाममा समाजिक, राजनितिक अगुवाहरुको समेत उपस्थितीमा मञ्चले शुभकामना आदान प्रदान गर्नुका साथै समाजको महिलाहरुको उत्थान र विकासका लागि चाल्नुपर्ने कदमहरुको विषयमा सुझाव आदान प्रदान गरेका थिए ।
मञ्चकी अध्यक्ष विभा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य विद्या सिन्हा, पुर्व सिडिओ रामरतन मिश्र, पुर्व सांसद महेन्द्र मिश्र सहितकाले समाजमा रहेको समस्या र सुधार तथा महिला उत्थानका लागि आ आफनो सुझाव दिएका छन् । सिन्हालाई सो अवसरमा सम्मान समेत गरिएको छ ।