एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २४ : जनप्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थितिमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । जनकपुरधाममा माइट नेपाल, सेफ पैड नेपाल र लायन्स क्लबले संयुक्त रूपमा सामाजिक न्याया र लैंगिक समानता दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ नारी दिवस मनाएको हो ।
त्यसक्रममा भएको वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा टल्ही माबिकी आँचल यादव प्रथम भएका छन् । त्यस्तै, संकट मोचन माबिकी काजल ठाकुर दोश्रो र कन्या स्कूली कञ्चन राउत तेश्रो भएकी छन् । त्यस्तै, विभिन्न चार विद्यालयका विद्यार्थीलाई सान्त्वना पुरस्कार दिइएको थियो ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ११ हजार पाँच, ७५ सय पाँच र तृतीयलाई पाँच हजार पाँच रुपैयाँ दिइएको छ । त्यसैगरी, सान्त्वना पुरस्कार पाउनेलाई जनही तीन हजार पाँच रुपैयाँ दिइएको छ । त्यस्तै, सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा सहभागीहरूले महिला अधिकारका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा धनुषा हंसपुरकी उपमेयर रेणु झा, साइट नेपालका अध्यक्ष अमित साह, सामाजसेवी गायत्रीप्रसाद साह, इन्जिनियर कृष्णजंग साहका साथै विद्यार्थीहरू सहभागी भएका थिए । महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणमार्फत् सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो ।